धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा युवकको हत्या

दुल्लु । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका जनाएको छ। महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए। सिंहको शनिबार राति...

प्रहरीमाथि विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेका छौँ : महानिरीक्षक खनाल

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताएका छन् । प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने उनले बताए। भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प...

अझै ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै

काठमाडौं । सरकारले देशभरमा सहज तरिकाले स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै छन्। स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य हुँदा महिलामा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखापर्ने गरेको चिकित्सक बताँछन्। राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार सरकारले हा...

६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम

काठमाडौं । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ मा गरेको फैसला नसच्चिए २०२१ सालमा अधिग...

निर्मला हत्याकाण्डको १० महिना: चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान, भेटिएन कुनै संकेत

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न सकेको छैन । १० महिनादेखि प्रहरी छिट्टै अभियुक्त ...

पाँचथर हत्या काण्ड : अनुसन्धानका लागि सिआईबीको टोली घटनास्थलमा

पाँचथर । पाँचथरको मिक्लाजोङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या घटनाको छनबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली बुधबार घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी अनिल पौडेलले दिएको जानकारी अनुसार घटनास्थल पुगेको टोलीले अनुसन्धान थालेको सुरु गरेको छ । ...

प्रहरी मुठभेडमा घाइते विप्लव कार्यकर्ताको उपचारको क्रममा मृत्यु

भोजपुर । भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्...

सात दिनमै कामीरिताको नयाँ कीर्तिमान, २४औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं । आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। कामीरिताले मंगलबार बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्...

एक सय ७२ जनाको नमुना बर्डफ्लु परीक्षणका लागि जापान पठाइयो

काठमाडौं । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ...

धारिलो हतियार प्रयोग गरी दुई परिवारका नौ जनाको हत्या

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्...