अाजका लागि बाेलाइएकाे काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको शुक्रबारका लागि बाेलाइएको केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक नेताहरु काठमाडाैँ बाहिर भएकाले स्थगित गरिएको हाे । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएकाे जानकारीअनुसार अर्काे बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि बाे...

ओली-प्रचण्डबीच आजपनि ३ घण्टा छलफल, कुरा मिलेन

काठमाडौं । पार्टी एकताका विषयमा छलफल गर्न भन्दै  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको अाजको छलफल पनि कुनै सहमति हुन सकेन । पार्टी एकताका विषयमा एक्ला एक्लै करिब ३ घण्टा छलफल भएपनि उनीहरुबीच एकताको विषयमा ठोस सहमति भने नभएको स्रोतको दाबी छ । बैशाख ९ गतेका लागि एकता गर्ने भ...

माननीय बनेका गुण्डा नाइके दिपक मनाङ्गे पक्राउ

काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका सांसद एवं गुण्डा नाइके दीपक मनाङेलाइ प्रहरीले पक्राउ गरेकाे छ बिहीबार साँझ काठमाडौंको स्वयंभु स्थित तीनधाराबाट मनाङ्गेलाई पक्राउ गरिएकाे हाे । २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनलाइ खुकुरी  प्रहार गरी मनाङ्गेले हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले ...

सिण्डिकेटका पक्षमा व्यवसायी, सरकारी निर्णयका विरूद्ध २७ गतेदेखि गाडी नचलाउने घाेषणा

काठमाडौं । सरकारले सिन्डिकेट चलाउँदै आएका देशभरिका यातायात समितिहरु खारेज गरेपछि यातायात व्यवसायीले चरणबद्ध आन्दोलन घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी यातायात व्यवसायीले यातायात नै ठप्प पार्ने चेतावनी दिएका हुन् । सल्लाह नै नगरी यातयात व्यवस्था निर्देशिका संशोधन गरेर आफूहरुको १० खर्ब लगानी रहेको व्यवसाय धरास...

प्रधानमन्त्रीकै निर्देशन उल्लंघन, दुई महिनामा चार दर्जन कर्मचारी विदेश भ्रमण !

विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का  वैज्ञानिकहरू   विदेश भ्रमण गइरहेका छन्। नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक ९राजपत्रअनंकित० कृषि अनुसन्धानक...

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री चीन जाँदै

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार (३ वैशाख)मा बेइजिङ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे तयारी गर्न उनी चीन जान लागेका छन् । चीनमा राष्ट्रपति सी जिनपिङको दोस्रो कार्यकाल सुरु भएपछि र नेपालमा नयाँ निर्...

अदालतमा भ्रष्टाचार: तीन तलाको भवनमा सात तलाको लिफ्ट !

काठमाडौं - बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । जिल्ला अदालतमा मात्र ...

प्रधानमन्त्रीले भने- सुरुङ खनेर भए पनि लामाबगरबाट चीन जोडिन्छ

दोलखा - चिनियाँ राजदूतसँगै लामा बगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुगेका प्रधानमन्त्री ओलीले ६र७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडि...

शिक्षक दरबन्दी थप्ने शिक्षा मन्त्रालयको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयले शिक्षक दरवन्दी थप गर्ने तयारी गरेको छ । देशभर शिक्षक दरवन्दी अभावमा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कदै गइरहेको भन्दै मन्त्रालयले तत्कालै शिक्षक दरवन्दी पुनर्वितरण र थप दरवन्दी सिर्जना गर्न लागिएको जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि ...

नक्कली प्रमाणपत्र बनाउने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको नेपालटार स्थित एक घरमा नक्कली नक्कली कागजात बनाउने कारखाना भेटिएको छ । नेपाल प्रहरीले दिने चालचलन रिपोर्टदेखि शैक्षिक प्रमाणपत्र र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना भेटिएको हो । कारखानबाट नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीलेनियन्त्रणमा लिएक...