प्रजातन्त्र दिवसका दिन ओलीले भने– समृद्धिको सपना साकार पार्ने युगको शुरुवात

काठमाडौ, ७ फागुन । प्रधानमन्त्री केपी ओलीले नेपाली जनताले लामो समय देखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । ६८औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुडिखेलमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो...

एमाले अध्यक्ष अाेली र माअाेवादी अध्यक्ष प्रचण्डकाे लञ्च मिटिङ, सहमति भने भएन

काठमाडौ, ६ फागुन । पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको ‘वान टू वान’ वार्ता विना निस्कर्ष टुंगिएको छ । पार्टी एकताका बारेमा सहमति हुन नसकेपछि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ । दुर्इ अध्यक्षबीच अाजकाे बैठकमा सहमति नभएपनि थप छलफल गर्दै निस्कर्षमा पुग्ने सह...

पदभार ग्रहण लगत्तै प्रधानमन्त्री ओलीका ५ निर्णय

काठमाडौं, ४ फागुन ।  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउने योजनाअनुरुप विभिन्न पाँचवटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्नेलगायतका ५ वटा निर्णयमा हस्ताक्षर गर्नुभएको हो । जसमा आर्थिक...

पदबाट राजीनामा दिँदै प्रधानमन्त्री देउवाले भने– चुनावी अाचारसंहिताका कारण काम गर्न पाइन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुरले राष्ट्रका नाममा सम्बोधन गर्दै  आज पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा महत्वपूर्ण काम सम्पन्न गरेको दाबी गरे। यस्तो छ उनको सम्बोधनको पूर्णपाठ— आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स...

एमाले अध्यक्ष केपी अाेली प्रधानमन्त्री नियुक्त, ४ बजे सपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई नियुक्त गरेकी छिन्। माओवादी केन्द्रको समर्थनसहित एमालेको दाबी पत्र बुझ्दै राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'आज मिति २०...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझायो सम्पूर्ण मतपरिणाम

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन । प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावल...

एमाले अध्यक्ष अाेली र माअाेवादी अध्यक्ष प्रचण्डका बीचमा भयाे यस्ताे सहमति

काठमाडौं–पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । ललितपुरको मानभवनमा दुई नेताबीच वार्ता  भएको हो । दुई नेताबीचको वार्तामा बुधबार २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको  छ । ...

७ प्रदेशका मुख्य मन्त्री, जसकाे राजनीतिक यात्रा यस्ताे छ

काठमाडाैं, २९ माघ । सातै प्रदेशका मुख्य मन्त्रीको टुङ्गो लागि सकेको छ । सात प्रदेश मध्ये चार मधेशमा एमाले, २ प्रदेशमा माओवादी र एक प्रदेशमा फोरमबाट मुख्य मन्त्री हुने पक्कापकी भएको छ । सबैभन्दा अन्तिममा प्रदेश नम्बर ४ मा मुख्य मन्त्रीको टुङ्गो लागेको हो । प्रदेश नम्बर ४ मा एमालेका किरण गुरूङको नाम मुख्य मन्त्रीको नाममा...

३ नम्बर प्रदेशकाे मुख्यमन्त्री डाेरमणि पाैडेल बन्ने पक्का

काठमाडौं, २६ माघ। एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार गरेकाे चुनावमा एमाले उपाध्यक्ष समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेल...

काँग्रेसकाे केन्द्रिय कार्यसमिति बैठक वालुवाटारमा शुरू

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा तीन वटै तहको निर्वाचनको समिक्षा र पार्टीको आगामी रणनीतिका सम्वन्धमा छलफल हुने जनाइएको छ । सात वटै प्रदेश र केन्द्र सरकारकारमा पनि प्रमुख प्रतिपक्षिको भुमीकामा रहनेगरि जनमत पाएको कांग्रेसभित्र चुनाव...