शिक्षक सरूवा, दरबन्दी मिलान नगर्न शिक्षा विभागकाे निर्देशन

भक्तपुर । शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयहरुलाइ शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम नगर्न निर्देशन दिएकाे छ ।

सरकारले चैत २८ मा विघटन हुन लागेका जिल्ला शिक्षा कार्यालहरूको म्याद असार मसान्त सम्म थप गरेको भोलिपल्ट शिक्षा विभागले यस्ताे निर्देशन दिएको हो ।

विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षक नियुक्तिको काम स्थानीय तहबाट र दरबन्दी मिलानको काम केन्द्रबाट गर्ने काम शुरू भएकाले अर्को निर्णय नहुँदासम्मका लागि यस्ताे  निर्देशन दिएकाे बताए ।

लामो समय देखि शिक्षकको दरबन्दी मिलानको काम हुन नसक्दा सहरीया र सुगम क्षेत्रमा शिक्षकहरु धेरे र अन्य स्थानमा शिक्षकहरु कमी हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार