गोरखा भूकम्पको चार वर्ष: ऐतिहासिक सम्पदाको पुनर्निर्माण गति सुस्त, एकै रुखले काष्ठमण्डप नबन्ने

काठमाडौं । गोरखा भूकम्प गएको आज चार वर्ष पूरा भएको छ । यसबीचमा ४७ हजार ८ सय १५ पटक परकम्प गइसकेको छ ।
भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन्। धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्युटको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो।

गोरखा भूकम्पले तहसनसह पारेको कतिपय ऐतिहासिक सम्पदाहरुको अझै पनि पुनर्निर्माण सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले भने गति लिएको छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्ण रुपमा क्षति पुगेको थियो ।

अठारौँ शताब्दीको रानीपोखरी पुनःनिर्माणका लागि लामो समय काठमाडौँ महानगरपालिकाले जिम्मा लिए पनि विभिन्न किसिमका आन्तरिक विवादका कारण काम नभएपछि गत माघ १४ मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षेत्रको पुरातात्विक संरचना पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएको थियो । अहिले रानीपोखरीमा पोखरीकै सरसफाइ र यसअघि कामपाले निर्माण गर्दा प्रयोग गरेको आधुनिक निर्माण सामग्री हटाउने काम भइरहेको छ।

काठमाडौँको नामको उत्पत्ति भएको काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठको काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले अहिलेसम्ममा २५ प्रतिशत काम सकिएको छ बताएका छन्। अहिले झ्याल र ढोका निर्माणको काम भइरहेको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ ।

विशेषतः नामका मानिसले जात्रा हेर्न आएका कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । कामपाले पुनःनिर्माण समितिलाई हालसम्म रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

काष्ठमण्डपलाई प्राचीन स्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुनेछैन ।

धरहरा पुनः निर्माणको कामअन्र्तगत अहिले जमीनमुनि पिलर राख्ने काम करीब अन्तिम चरणमा पुगेकाले अबको केही दिनमा जमिन माथिको काम हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार