चीनको जियाङ्सु प्रान्तमा २५ सय वर्ष पुरानो चिहानमा सग्लो अन्डा भेटिएको पुरातत्वविदहरुले जनाएका छन् । उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताले लियाङ सहरको शाङसिङस्थित विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाएको माटोको भ...
