चट्याङ लागेर अछाममा १५ जना घाइते

अछाम। सोमबार राती परेको चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका-९ तामकोट र ४ जना रामारोशन गाउँपालिका -५ सल्लीसैनका छन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताएका छन् । गम्भीर घाइतेहरुलाई इलाका प्...

सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस

काठमाडौं । न्यायपरिषदको मंगलबार बसको बैठकले सर्वाेच्च अदालतको न्यायाधीशमा पाँच जनालाई सिफारीस गरेको छ । न्यायपरिषदको मंगलबार बिहान बसेको बैठकले करियर न्यायाधीशबाट दुई जना र वकिलबाट तीन जनालाई न्यायाधीशमा सिफारिस गरेको हो। न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार सर्वोच्चको रिक्त पाँच न्यायाधीशमा पाटन उच्च ...

हावाहुरीबाट घाइतेका लागि धनगढीमा रक्तदान कार्यक्रम

धनगढी । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीले भौतिक संरचना भत्किँदा घाइते भएकाको उपचारका लागि धनगढीमा रगत संकलन गरिएको छ । धनगढीको मुख्य बजारस्थित पार्कमोडमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् । रोटरी क्लब अफ धनगढीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगत अभावले घाइतेको उपचार गर्न ...

यसरी चल्यो बारामा हावाहुरी, २७ को मृत्यु, ६ सय ६८ जना घाइते

जल तथा मौसम विज्ञान विभागकाअनुसार पोखरामा विकास भएको वायुसँग बंगालको खाडीबाट आएको वायु मिसिँदाबारामा ठूलो हावाहुरी चलेको हो । ‘अरेबियन सागरबाट पश्चिमीवायुसँग पोखरामाविकास भएको स्थानीयवायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवनहुँदै पर्सा–बारातिर चिसो हावा गयो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ‘बंगालको खाडीब...

हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको पूर्वाधारमा १५ करोडको क्षति

बारा । बारा–पर्साको दक्षिणी भेगमा हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण पूर्वाधारमा झन्डै १५ करोड रुपैयाँको क्षति पुगेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारा–पर्सा क्षेत्रमा विद्युत्...

एसइई : प्रदेश २ मासामाजिक विषयको परीक्षा रद्द, तोडफोडमा उत्रिए विद्यार्थी

रौतहट । बिहीबार राती नै एसइई अन्तर्गत आज हुने सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ को परीक्षा रद्द भएको छ । परीक्षा रद्ध भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन् । विद्यार्थीको प्रदर्शन आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर तनावग्रस्त बनेको छ । परीक्षा रद्द भएको आक्रोशमा...

सर्वोच्चमा न्यायाधीशको चरम अभाव, ‘हेर्न नभ्याइने’ को सूची बढ्यो

काठमाडौं । सर्वोच्च अदालत चाँडो न्याय दिन नसक्ने अवस्थामा पुगेको छ। कारण हो– न्यायाधीशको चरम अभाव। यसले ‘हेर्न नभ्याइने’ को सूची बढाएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । मंगलबार पेसी तय भएका १ सय ७३ मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिए। कानुन व्यवसायीका अनुसार यो यति संख्या हो, जसले ‘रेकर्ड’ नाघेको छ। एक वर्...

नेपालसँग रेलमार्गबाट जोडिन चीन आतुर

बेइजिङ–नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौँ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । उनले काठमाडौंसम्म रेल पुर्याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन...

स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । महाशाखा प्रमुख डा। विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठ...

घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्यमा काठमाडौँ, पहिलोमा लण्डन

काठमाडौं । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले काठमाडौंलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा राखेको हो । ट्रिप एडभाइजर डटकम घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर...