काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिमा आफ्नै अड्डा र पदाधिकारीका विषयमा कुनै सामग्री राख्न अदालतका कर्मचारीले होस् पुर्याउनुपर्ने भएको छ। यसमा रोक लगाउन सर्वोच्च अदालतले आचारसंहिता तयार पारेको छ। चित्त नबुझेका कुरामा कर्मचारी तहबाटै सामाजिक सञ्जालमार्फत गालीगलौज, जनमानसमा भ्रम सिर्जना, अविश्वास एवं मानमर्दन ...
