लगानीका सम्भाव्यता अध्ययन गर्न आउने विदेशीलाई ६ महिने भिसा दिने तयारी

काठमाडौं । नेपालमा लगानीका लागि सम्भाव्यता अध्ययन गर्न आउने विदेशीलाई सरकारले ६ महिना अवधिको गैरपर्यटक भिसा दिने तयारी गरेको छ। नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले अध्ययन अनुसन्धानका लागि पर्याप्त समयसहितको भिसा दिन लागिएको समाचार आजको कारोबार दैनिकमा छापिएको छ । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन...

डडेल्धुरामा माइक्रो बस दुर्घटना, १० घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुराको गन्यापधुरा गाउँपालिका - ३ स्थित केआइ सिं राजमार्ग अन्तर्गत गयलखेतमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराका डिएसपी डम्बरबहादुर केसीले बताए । डोटीको दिपायलबाट कैलाली धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको माइक्रो बस यात्रु भ...

काठमाडौंसहित आसपासका जिल्लामा भूकम्पको धक्का

सोमबार बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प गएको छ । मकवानपुर केन्द्रबिन्दु रहेको उक्त भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो । सो कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

पोखराका २६ प्याराग्लाइडिङ कम्पनीले उडान भर्न नपाउने

पोखरा । नवीकरणको लागि अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज (आइतबार) देखि बन्द हुने समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । पोखरा महानगरपालिका राजस्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो । मेयर मानबहादुर जिसीका स्...

रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा रोकिराखेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिग्रिएर रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुईजना भने गम्भीर घाइते भएका छन्। सो दुर्घटनामा दाङका १८ वर्षीय अनराम रुखालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्...

सप्तरीको सुरुङ्गामा आगलागी, १० घर जलेर नष्ट

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा शनिबार दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब २६ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेको हो । आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा,...

कैलालीमा जन्ती बसमा आगजनी, तीन जना पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा बिहीबार कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी भएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्...

गोरखाको दुई स्थानमा प्रेसर कुकर बम फेला

गोरखा जिल्लाका दुई स्थानमा प्रेसर कुकर बम फेला परेको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटो भीआईपी टोल र गोरखाको आँबुखैरेनी बजारनजिकै बिहीबार बिहान २ वटा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम डिस्पोज गर्ने तयारी भइरहेको छ ।...

भरतपुर महानगरको ५ नम्बर वडा कार्यलयमा बम विस्फोट

भरतपुर महानगरपालिका –५ को वडा कार्यालयमा मंगलबार राति बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति करिब १२ बजे सिलिण्डर बम विस्फोट भएको हो । विस्फोटबाट कार्यालय भवनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुखउपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । विस्फोटपछि कार्यालयमा लागेको आगो महानगरको दमकल र प्रहर...

जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु, १८ जना घाइते

हेटौंडा । भक्तपुरबाट हेटौंडा–५ पिप्लेमा जन्ती लिएर जाँदै गरेको बस दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा सोमबार दिउँसो २ बजे बा ४ ख २२१७ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा दुई जनाको मृत्यु र १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा काभ्रे पाँचखाल लामिडाँडा...