काठमाडाैँ । बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस अाज काठमाडाै अाउँदै छन् । सोमबार बिहान ८ बजे ढाकाबाट हिँडेका बस हिँड्नेबित्तिकै ढाकाको जाममा फस्दा आउन ढिला भएको एक नेपाली अधिकारीले बताए । बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो । पहिलो रात ढाक...
