इयूलाई प्रधानमन्त्री ओलीको चेतावनी- नेपाल सार्वभौम मुलुक हो, हेप्ने काम नगरौं

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान, सामाजिक प्रवन्ध र उपलब्धीलाई अवमूल्यन नगर्न वाह्य समुदायलाई चेतावनी दिनुभएको छ । आईतबार काठमाडौमा नियोकको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दे प्रधानमन्त्री ओलीले नेपाली सार्वभौमिकतामाथि धावा नबोल्न सचेत गराउनुभएको हो । युरोपेली युनियनको निर्वाचन पर्यव...

सेनाको सिपाहीको परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । लोकसेवा आयोगले लिएको नेपाली सेनाको सिपाहीको परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको र यसबारे छानबिन गरिरहेको प्रहरीले जनाएको छ। लोकसेवा आयोगले सेनाको सिपाहीको परीक्षा लिन थाले यता अनुत्तीर्ण हुने क्रम बढेसँगै पास हुनका लागि नक्कली ...

प्रकाशमान सिंहलाई देउवाले कुर्सीबाट उठेर थर्काउँदै भने– ‘किन धेरै बोलेको ?’

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा समेत सहभागी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष नेताहरुबीच बाझाबाझ भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई देउवाले कुर्सीबाट उठेर ‘किन धेरै बोलेको ?’ छलफल हुँदैछ त’ भनेका थिए । चुनाव समिक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ज्ञानेन्द्रबहादुर कार्कीले...

प्रधानमन्त्री अाेली चैत २३ गते भारत जाने, २४ गते माेदीलाइ भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही दिन ओलीले भार...

निर्वाचन आयोगद्वारा इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन अस्वीकार गरेको छ । इयुको प्रतिवेदन र उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत समेत देखिएकाले उल्लिखित निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगल...

बन्धक बनाएर १३ दिनसम्म बलात्कार गर्ने ५ जना पक्राउ

काडमाडौ । ललितपुरको हरिसिद्धीमा १५ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर बुधबार पक्राउ परेकालाई सार्वजनिक गरेको हो । बलात्कारको आरोपमा रिङ रोडमा चल्ने २ वटा बसका चालक र सह चालक पक्राउ परेका हुन् । घटनामा संलग्न भोला तामाङ, चन्द्र बहादुर सापकोटा, ...

भ्रष्टाचार अारोपमा यातायात कार्यालयका ३ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बागमती सुकेधाराका कार्यालय प्रमुख सुन्दर भट्टराई सहित तीन जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विदेशका ८ सय ८५ वटा सवारीचालक अनुमतिपत्रलाई ५० लाख ४ हजार ८ सय ५०  रुपैयाँमा नेपालीकरण गरिएको अभियोगमा उनीहरूविरूद्ध मुद्दा दायर भएको हो...

बंगला एयर दुर्घटनामा ज्यान गुमाएकाको शव ढाका लगियो

काठमाडाैँ । काठमाडाैँमा गतसाता भएको एयर बंगला विमान दुर्घटनामा परी निधन भएका बङ्गलादेशी नागरिकहरुको शव सोमबार स्वदेश लगिएको छ ।  विमान दुर्घटनामा परेका २३ जनाको शव सामुहिक शवयात्रा गराउने तयारी समेत भइरहेको छ । बङ्गलादेशको वायु सेनाको मालवहाक विमानबाट बंगलादेश लगिएका शवहरु हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा रा...

गाेपाल पराजुलीले दिए राजीनामा

काठमाडौं । प्रधानन्यायाधीश गाेपाल पराजुलीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट अलग भएको पत्र बुझाएर पराजुली अपराह्न शीतल निवासबाट बाहिरिएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले सुरक्षित अवतरणको बाटो रोज्न आज बिहान दिएको सुझावपछि उनले राजीनामा बुझाएका हुन् ।...

सर्वोच्चका वरिष्ठ न्यायाधिश जाेशी कायममुकामय प्रधानन्यायाधिश

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायम मुकायम प्रधानन्यायाधीशकाे कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै उनले बिहीबारका लागि मुद्दाको पेशी समेत तोकेका छन्। कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो एकल इजलाससहित १० वटा इजलास तोकेका छन्। न्याय परिषद् सचिवालयले बुधबार प्रधानन्यायाधीश पराजुल...