प्रधानमन्त्रीको सचिवालयका सदस्य घटाउने सरकारकाे निर्णय

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्रीको सचिवालयका सदस्यको संख्या कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी खर्चमा कटौती गरी आर्थिक मितव्ययिता अपनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य घटाउने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयमा यसअघि ४७ जनासम्म सदस्य रहने गरेकोमा घटाएर २८ ...

दरबारमार्ग बलात्कारकाण्डका प्रमुख अभियुक्त २ महिनापछि पक्राउ

काठमाडौं। दरबारमार्गको होटल ल्याण्डमार्कमा एक युवतीलाई सामूहिक बलात्कार गरेकाे अाराेप लागेका एक युवक २ महिनापछि पक्राउ परेका छन् । फरार रहेका शैलेश कार्कीलाई मंगलबार प्रहरीले दरबारमार्गबाटै पक्राउ गरेको हो । गत माघ ७ गते ल्याण्डमार्क होटलमा चार युवकले एक किशोरीमाथि बलात्कार गरेका थिए। पक्राउ परेका कार्की पीडित युवतीका...

मेयरविरुद्ध उपमेयर अनशनमा

जनकपुर । आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाब...

कैलाली घाेडाघोडाका मेयरमाथि गाेली प्रहार गरेको अारोपमा ४ जना पक्राउ

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा ४ जनालाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनगढीले पत्रकार सम्मेलन गरी राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर ...

किशोरीलाई बोक्सी आरोपमा कुटपिट

काठमाडौं । म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला इन्डिया गएर दुई–चार हजार लिएर आउनुहुन्छ । यसैगरी हाम्रो गुजारा चलेको छ । मेरो दाइ पनि छ, तर सुस्त मनस्थिति भएकाले बुब...

कान्तिपुरविरूद्धको मुद्दा पूर्ण इजलाशमा सुनुवाइ हुने

काठमाडौँ । कान्तिपुर विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाइ पाँच सदस्यीय बृहत पूर्ण इजलासमा सुनुवाइमा पठाउन सर्वोच्च अदालतले अादेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले मंगलबार कान्तिपुर टोलीसँग बयान सकेपछि विषयको संवेदनशीलतालाई हेर्दै वृहत्तर दायरामा हेरिनु पर्ने भएकाले ब...

वुद्ध नेपालमै जन्मेका हुन् भन्ने रेकर्ड राख्न हजाराैँ मानिस टुँडिखेलमा

काठमाडौँ । गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम गरिएको छ । कार्यक्रममा ७५ हजार मानिसले बिशेष पास लिएर बुद्ध वचन वाचन गरेका थिए । बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुना...

नेपालको सहमति बिना भारतले महाकालीमा बनायो चार पुल

दार्चुला, १६ फागुन ।  भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ । भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग ख...

अदालत परिसरमै प्रहरी द्धारा महिला माथि कुटपिट

रौतहट । बहस सुन्न जान लागेकी पीडित महिला लाई प्रहरीले निर्घात कुटटि गरेपछि सोमबार जिल्ला अदालत गौर तनाबग्रस्त बनेको छ । बालक हत्याका आरोपीको थुनछेक बहस सुन्न अदालतको बेन्चमा जान लागेकी ५५ बर्षिया कोरैसी फकिरी, अधिकारकर्मी अम्ब्या खातुनलाई प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलको आदेशमा निर्घात कुटपिट गरेपछि अदालत परिसरनै तना...

पुतलीसडकमा लागेकाे अागो नियन्त्रणमा

काठमाडौं । काठमाडाैँ पुतलीसडकस्थित सेयर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीबाट भवनको पाँचौं तलामा रहेको एनआइसी एजुकेसन कन्सल्टेन्सीमा पूर्ण रुपमा क्षति पुगेको छ। घटनामा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ। बिहान करिब १० बजेबाट आगलागी सुरु भएको थियो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्र...