काठमाडौ, २५ माघ । बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावको मत गणना सम्पन्न भएको छ । चुनावको मत परिणामअनुसार राष्ट्रियसभामा पनि वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ । राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सदस्यमध्ये बुधबार भएको चुनावबाट ३२ जना सदस्य निर्वाचित भएका हुन् । यसअघि नै २४ सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए ...
