काठमाडौँ, ११ माघ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । विभिन्न प्रदेशका महिलालगायत क्लस्टरमा निर्धारित सिट संख्याजति नै उम्मेदवारी परेकाले १७ ज...
